काठमाडौं, पुस २ ।
विष्णु माझी र मोहन खड्काको स्वरमा रहेको ‘मर्ने मिति’ बोलको गीतको म्युजिक भिडियो आगामि पुस ५ गते मंगलवार सार्वजनिक हुदैछ ।
अभिनेत्री सारिका केसी र मोडल विमल अधिकारीले अभिनय रहेको भिडियोमा सारिकालाई फरक गेटअपमा दर्शकले देख्न पाउनेछन् । ‘कान्छी मट्याङट्याङ’, ‘लक्ष्य’, ‘सरकार’लगायतका फिल्मकी हिरोइन सारिका पछिल्लो समय म्युजिक भिडियोमा पनि अभिनय गर्न थालेकि छिन् ।
दोलालघाट,काठमाडौं र कालिञ्चोकमा चार दिन लगाएर छायांकन गरिएको भिडियोमा सारिका कपाल खौरिएकी पीडित नारीको भूमिकामा प्रस्तुत भएकी छन् ।
गीतको मर्मअनुरूपको कथाको मागले आफू ‘मुडुली’ भएको भन्दै सारिकाले ‘गीत साह्रै राम्रो लागेकाले ‘गेटअप’मा उत्रन तयार भएँको बताईन् ।
विमल र डम्बर बगरले रचना रहेको सो गितको भियोयोलाई कपिल लामाले निर्देशन गरेका छन् । रामु खड्काको लय रहेको सो भिडियाको ट्रेलर भने शुक्रवार नै युटुवमा अपलोड भईसकेको छ ।
