शंघर्षसिल गीतकार दिप दर्पणको आधुनिक गीत “दर्पण”को लोकार्पण सम्पन्न

शंघर्षसिल गीतकार दिप दर्पणको आधुनिक गीत “दर्पण”को लोकार्पण सम्पन्न

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

       img_7395कमल सरगम 
काठमाण्डौ -मङ्सिर
नेपाली सुगम क्षेत्रका चर्चित कलाकारहरुको सहकार्यतामा गीतकार दिप दर्पणको आधुनिक  गीत “दर्पण”को लोकार्पण सम्पन्न भएको छ ।राजधानीको प्रज्ञा प्रतिष्ठानको एक हलमा सम्पन्न कार्यक्रममा संगीत क्षेत्रका चर्चित हस्तीहरु बरिस्ठ गीतकार कवि दिनेश अधिकारी ,संगीतकार महेश खड्का ,विन्ध्यवासिनी म्यूजिक प्रालीका संचालक सुबास रेग्मी ,गीतकार तथा संचारकर्मी राम अविरल ,संगीतकार राजकुमार बगर ,संगीतकार सन्तोष श्रेष्ठ लगाएतका बिभिन्न कलाकर्मीहरुको उपस्थितिमा एल्बमको लोकार्पण भएको हो ।एल्बममा ७ ओटा गीतहरु समाबेस गरिएको छ ।img_7384
गीतहरु :-“मैले भन्दा माया गर्ने” मा आवाज अन्जु पन्तको रहेको छ भने संगीत राजकुमार बगरको रहेको छ ,”फुल्नु भन्दात”मा आवाज प्रमोद खरेलको रहेको छ भने संगीत राजकुमार बगरकै रहेको छ “तिमी जुन दिन टाढा”मा आवाज राजीना रिमालको रहेको छ भने संगीत राजकुमार बगरको रहेको छ ,”मेरो आसु संग”भित्र संगीत सन्तोष श्रेष्ठले भरेका छन भने आवाज दिपक लिम्बुले दिएका छन त्यस्तै “मेरो आसु झर्दा”भित्र आवाज माण्डवी त्रिपाठी ले भरेकी छिन भने संगीत सन्तोष श्रेष्ठकै रहेको छ ,लालीगुराँस सुनाखरी (राष्ट्रिय गीत)गीतमा संगीत चर्चित गायक हरि डाँगीले भरेका हुन् भने आवाज अंकित न्यौपानेले दिएका छन img_7366,”फुल्नु भन्दात”मा आवाज श्रेयाशी चेम्जोङको रहेको छ भने संगीत राजकुमार बगरको रहेको छ ।सबै गीतका गीतकार भने  दिप दर्पण हुन् ।img_7371दिप दर्पणको एकल एल्बमले धेरैको मन जित्ने र यस एल्बम मेरो अभिभावकलेनै जन्म दिएको भन्दै गीतकार तथा विन्ध्यवासिनीका संचालकले एल्बमको कुनैपनि गीत मर्न  नदिने प्रतिबद्धता गरेका छन त्यस्तै रेग्मीले कार्यक्रममा म्युजिक कला पत्रकार सस्थाको लागि प्रत्यक बिमोचन कार्यक्रम बाट विन्ध्यवासिनी म्यूजिक प्रालीको तर्फबाट रु ७७७७रुपया दिने घोषणा गरेका हुन्  ।img_7367सोहि अबसरमा संगीतकार महेस खड्काले रोएल्टिको बारेमा  बोल्दै भन्नु भयो “अब अन्य ठाउँमा लगानी गर्नेले गीत संगीतमै लगानी गर्दा हुन्छ ।अब मजाले पैसा कमाउन सकिन्छimg_7376 ।किनकि गीतकार संगीतकार लगाएत सबैले आफ्नो खर्च भएको रकम बिस्तारै प्राप्त गर्दै हुनुहुन्छ । “सोहि अबसरमा एल्बमको सुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी दिनेश अधिकारीले भन्नु भयो “एउटा फेरी नया दर्पणको जन्म भएको छ यो दर्पणलाइ फुलाउने फलाउने हामी सबैको जिम्मेवारी हो मिलेर यस एल्बमलाइ सबको सामु चिनाउन लागि पारौ ।कार्यक्रम नरेश भट्टराईले संचालन गरेका थिए ।करिब १ घण्टाको कार्यक्रममा गीतको लोकार्पण संगै बिभिन्न व्यक्तिहरुलाई मायाको चिनो द्वारा सम्मान गरिएको थियो ।दर्पण एल्बम बिक्रि बाताप आएको रकमको ५०% रकम विन्ध्यवासिनी फाउन्डेसनको अनाथ बालबालिकाको लागि सहयोग गरिने दिप दर्पणले जानकारी दिए ।img_7364

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी