भर्खर क, ख लेख्न सिक्दै छिन् जुनु गौतम

भर्खर क, ख लेख्न सिक्दै छिन् जुनु गौतम

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ,२९ मंसिर ।
मैले क लेख्न जाने भन्दै .झापाकी जुनु गौतम नेपाली सांगीतिक क्षेत्रमा क ख ग घ सिक्दै छिन ।
साहित्यकार झमक घिमिरेको आत्मपरक जीवनी जीवन काँडा की फुलमा आधारित नेपाली कथानक चलचित्र जीवन काँडा की फुलमा समाबेश उक्त गीतबाट गायीका जुनु गौतम नेपाली सांगीतीक क्षेत्रमा प्रबेश गरेकी छिन ।
प्रकाश शिवाकोटीको शब्द संगीतमा सो गीतमा जुनुले आफ्नो आवाज भरेकी हुन् । शास्त्रीय संगीतमा् बगेको सो गीतको यतिबेला छुटै चर्चा पनी चल्नथालेको छ । त्यसो त मित्र राष्ट्र भारतमा बसोबास गर्दै आएकी जुनुले भारतमै रहेर संगीतमै विसारत् पनी गरेकी छिन ।

जुनुले केही हिन्दी बेंगोली र त्रिपुरी भाषाका गीत पनी गाईसकेकी छन् । तर जुनुको यो नै पहीलो नेपाली गीत हो भन्दा फरक पर्दैन । आफुलाई संगीतको विद्यार्थी भन्ने र आफ्नो आत्मसन्तुष्टीका निमित्त नै गायन क्षेत्रमा लागेकी बताउने जुनु हाल नेपालमै रहेर आफ्नो सांगीतीक भबिष्य पनी खोजीरहेकी छिन ।

यतिबेला बिस्तारै बिस्तारै उनी नेपाली मिडियाको चासोको पात्रपनी बनेकी छिन । उनले भनिन् , केहि दिन अगाडी मात्र रेडीयो मिर्मिरे ८९।४ मेघाहर्जमा आफ्नो सांगीतीक जीवनका बिषयमा अन्तरवार्ता दिएको थिए ।त्यसपछि अन्य मिडियाले पनि राम्रै सहयोग गरेका छन् ।

म सबैजनाको साथ सहयोगबाट नेपाली संगीतमा केही गर्न चाहान्छु । मलाई सबै जनाको साथ सहयोगको खाँचो छ । तर उनले यस क्षेत्रका केही ब्यक्तिहरुको सस्तो सल्लाहले भने आफुलाई दुखि तुल्याएको पनी सुनाइृन् ।
चलचित्र जीवन काँडा की फुलको मैले क लेख्न जाने गीतले उनलाई केही सांगीतिक कार्यक्रमहरुमा प्रस्तुतिको अवसर पनी जुराएको छ ।

उनी सांगीतीक प्रस्तुतिका निमित्त स्टेज चढ्छिन उनको सो गीत सुनेर आम दर्शकहरु छाती पिटेर रोएको घटनालाई हेर्ने हो भने उनको स्वरमा कत्तीको जादु छ भन्ने कुरा अडकल गर्न सकीने चलचित्रका निर्देशक बिनोद बिष्टले बताउँछन ।
त्यसो त उनी निकटका केही संगीतकर्मीको बुझाईअनुसार जुनु गौतम नेपाली सांगीतीक क्षेत्रका नब उदयमान नक्षत्र हुन जसले साँच्चिकै नेपाली संगीतको स्तरलाई माथी उठाउनको निमित्त जन्मेको एउटा गायीका हो भन्नसम्म पछी पर्दैनन ।

एक संचारकर्मीको भनाईअनुसार त जुनु गौतम सांगीतीक क्षेत्रमा निरन्तर लागी रहने भने केही बर्ष भित्रमा संगीतको त्यो उचाई चुम्नेछिन । अन्यथा यसो हुन सकेन भने त्यो एउटा ठुलो अपबाद हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी