धरान,२९ मंसिर ।
बसन्त निरौलाद्धारा निर्दैशित तथा बंगलादेशी नागरिक ईमरान सिद्धिकी द्धारा निर्मित नेपाली चलचित्र सर्मपण पौष १५ गते देशौभरि प्रदर्शनमा आउने भएको छ ।
धरान ९ स्थित हाङकुक रेष्टुरेन्टमा पत्रकार भेटघाटको आयोजना गरि सो चलचित्र प्रर्दशनमा आउन लागेको चलचित्रका कलाकार तथा प्रस्तुतकर्ता रोजन रखाल मगरले जानकारी दिनुभएको छ ।
चलचित्रका कलाकारहरु समेतको सहभागीतामा देश दौडाहामा रहेको सर्मपन टीमका निर्माता समेत रहनुभएका रखालले अहिलेका अवस्थाका युवायुवतीहरुले आफनो जीवन कसरि बिताईरहको अवस्थाहरुको दृश्यन गरेको बताउनु भयो ।
उहाले समाजमा युवापुस्ताको चन्चले बानीको बिकास संगै उसले गर्नै कृयाकलापमा आधारित रहेर बनेको चलचित्रले दर्शाकको मन समेत जित्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।
सम्मेलनमा एक युवायुवतीले समाजमा देखाईने चन्चलेपनको कारण उसमा आउने सकारात्मक तथा नकारात्मक दुईबटै कुराको असरको बारेमा आफनो अभिनय केन्द्रीत रहेको चलचित्रकी नायिका रन्जु शर्माले बताईन ।
काठमाडौं सिन्धुली,फर्फिङ,सहित बंगलादेशका बिभिन्न स्थानमा छायांकन गरिएको चलचित्र सर्मपणमा टंक बुढाथोकीको संगितका साथै ४ बटा गीत समावेश गरिएको छ ।
करिब ६०÷७० लाखको लागतमा निर्माण गरिएको चलचित्र सर्मपणमा रोजन रखाल,रन्जु शर्मा,रुवी शर्मा,अमृत शाही ठकुरी लगायतको मुख्य भुमिका रहेको छ ।