माओवादीसँग मेरो विचार मिल्दैन ‘मेरो पहिलो र अन्तिम पार्टी नै राप्रपा हो : रेखा थापा

माओवादीसँग मेरो विचार मिल्दैन ‘मेरो पहिलो र अन्तिम पार्टी नै राप्रपा हो : रेखा थापा

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ ,२७ मंसिर ।
चर्चित अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । सोमबार बिहान काठमाडौंको इन्द्रेणी फुडल्याण्डमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले टीका लगाएर अभिनेत्री रेखा र उनकी आमालाई पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी हुन् । पार्टी प्रवेशसँगै कमल थापाले दुवैलाई स्वागत गरेका थिए । यसपछि, पार्टीका अन्य सदस्यहरुले रेखालाई माला लगाइदिएका थिए ।

रेखा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसहित प्रचण्डको हातबाट टिका लगाएर तत्कालिन एमाओवादी (हालः माओवादी केन्द्र) मा प्रवेश गरेकी थिइन् ।

तर उनले आज राप्रपामा प्रवेश गर्दै भनिन् , यसअघि मैले माओवादी पार्टीको सदस्यता नलिएको पष्ट पार्न चाहन्छु ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका रेखाले आफू हिन्दु नारी भएकाले गर्दा राप्रपा नै आफ्ना लागि उपयुक्त पार्टी भएको बताइन् । उनले नेपाल र राप्रपाको झण्डा ओडेर आफूले मर्न चाहेको बताइन् । उनले भनिन् हिजोका दिनमा म जनलहर चलेका बेला अरु पार्टिमा गए तर यो नै मेरो विचारसँग सहमत पार्टी हो, ‘मेरो पहिलो र अन्तिम पार्टी नै राप्रपा हुनेछ ।

रेखाले जनलहर चलेका बेलामा कलाकार भएको हिसाबले आफू जनलहरसँगै, जनताको खुशीका निमित्त देशलाई केही हुन्छ भन्नका लागि माओवादीमा गएको र त्यबाट आफुलाई टिक प्राप्त भएपनि नलिएको जनाईन् ।

राष्ट्र र राष्ट्रियताका लागि आफूले सम्झौता नगर्ने भन्दै उनले आफुले पार्टी सदस्यता लिएर राप्रपा प्रवेश गरेको बताईन् । उनले आफूले राजनीति बुझेदेखि नेता मध्ये कमल थापा मनपरेको र सधैं रहिरहने बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी