बिदेसिएका युवाको कथा ‘पार्सल’ धरानको गणेश टाकीजमा

बिदेसिएका युवाको कथा ‘पार्सल’ धरानको गणेश टाकीजमा

  • आइतवार, मंसिर २६, २०७३
  • भरतराज शर्मा (गोपाल)

  • 5.5K
    SHARES

धरान,२६ मंसिर ।
धराने कलाकार एबम निर्दशक किशोर सम्बहाम्फेद्धारा निर्मित नेपाली चलचित्र पार्सल आजबाट प्रदर्शनमा आएको छ ।
सहरबाट गाउमा वा गाउँबाट सहरमा, विदेशबाट देशमा वा देशबाट विदेशमा आफन्त तथा इष्टमित्रलाई कोसेली स्वरूप पठाइने पार्सलमा आधारित भएर चलचित्र ‘पार्सल’को निर्माण भएको हो ।
बिदेशिएका एक युवाले परदेशमा दुःख गरेर कमाएको पैसाले खरिद गरेर घरमा पठाएको पार्सलका कारण उत्पन्न हुने समस्या नै चलचित्र ‘पार्सल’ को मूल विषय वनाईएको छ ।
काठमाडौं सहित पूर्वको ताप्लेजुङको पाथीभरा मन्दिर, चतरा, इलाम, धरान, महेन्द्रनगर स्थालगायका स्थानमा छायांकन गरिएको चलचित्र पार्सलमा भविष्यको सुन्दर सपना बोकेर विदेश पैसा कमाउन जाँदा त्यतै मृत्यु भएर बाकसमा लास पार्सल भएर आएपछिको अवस्थालाई समेत समेटिएको छ ।
निर्देशक रविन श्रेष्ठद्धारा निर्दैशित चलचित्र पार्सलमा विकास चौधरीको संगितका साथै तीन बटा गीत समावेश गरिएको छ । चलचित्रमा कलाकार किशोर खतिवडा, नीता ढुंगाना, विक्रम सिंह, प्रभु श्रेष्ठ, किशोर सम्वहाम्फे,हिमाल दाहाल ,मनोज शाक्य,प्रक्षिका निरौला,बिष्ण्ुा माोक्तान,बिनोद दियाली,सोनु जयन्ती,दक्ष कुमार राई,रोशनी प्रधान,गोपाल योक्तेन,सुजाता राई,अनुसा गौतम,हेमराज राई स्मिता राई राई,किशोर श्रेष्ठ लगायत रहेका छन ।
चलचित्र पार्सल देशैभरि करिब ६५ बटा हलहरुमा एकैसाथ प्रर्दशन भईरहेको छ भने यसको लागत करिब ८० लाख रहेको निर्माता किशोर सम्बहाम्फे लिम्बुले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी