अर्को महिनादेखि भारतबाट थप बिजुली आयात गर्ने सरकारको तयारी

अर्को महिनादेखि भारतबाट थप बिजुली आयात गर्ने सरकारको तयारी

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,२३ मंसिर ।
सरकारले विद्युत् प्राधिकरण ग्रिड सञ्चालन विभागअन्तर्गत ढल्केबरको विद्युत् सबस्टेसन निर्माण जनवरीसम्ममा सकिएलगत्तै अर्को महिनादेखि भारतबाट थप बिजुली आयात गर्ने भएको छ ।

अहिले ढल्केबरमा सञ्चालनमा रहेको १ सय ३२ केभी सब–स्टेसनलाई विस्तार गरी पहिलो चरणमा २ सय २० केभी पुर्‍याउने काम अन्तिम चरणमा पुगेको आयोजनाका डिभिजनल इन्जिनियर राधेशरण महतोले बताउनु भयो ।

दोस्रो चरणमा यसलाई विस्तार गरी ४ सय केभी पुर्‍याउने भन्दै उहाले दोस्रो चरणको विस्तार काम पनि डेढ वर्षभित्र पूरा हुने बताउनु भयो ।

नेपाल–भारतबीच विद्युत् व्यापार प्रयोजनका लागि भएको सम्झौताअनुसार एक देशले अर्को देशलाई आवश्यकताअनुसार विद्युत् उपलब्ध गराउनेछ । ढल्केबर–मुजफ्फरपुर ९भारत० प्रसारण लाइनको निर्माण पूरा भई हाल भारतबाट विद्युत् आपूर्ति गर्न लागिएको डीई महतोले बताउनु भयो ।

यसैगरी ढल्केबर–हेटौंडा प्रसारण लाइन तथा ढल्केबर– खिम्ती–काठमाडौं प्रसारण लाइनको निर्माण कार्य पनि द्रुत गतिमा भइरहेछ । ढल्केबर सब–स्टेसनको निर्माण पूरा भएपछि २ सय २० केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै धनुषा, महोत्तरीलगायतका जिल्लाको लोडसेडिङ हट्ने सम्बद्ध प्राविधिकले बताएका छन् ।

उता , खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारणलाइनको काम एक महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका, भीमेश्वर र रतनचुरा गाविसमा तारपोल निर्माणमा स्थानीयको अवरोध जग्गाको मुआब्जा वितरणपछि काम अघि बढेको हो ।

प्रसारण लाइन आयोजना प्रमुख श्याम यादवका अनुसार निर्माण गर्न बाँकी रहेको ७ वटा पोलमध्ये ६ वटा निर्माण भइसकेका छन् । रतनचुराको विजयछापमा निर्माण हुन बाँकी पोलको काम दुई सातामा सक्ने उनले बताए ।

खिम्ती–ढल्केबर प्रसारण लाइन ७४ किलोमिटर लम्बाइ छ । प्रसारणलाइनको तारपोल विस्तारमा अवरोध उत्पन्न भएपछि पीडितहरूको माग सम्बोधन गर्ने भन्दै सरकारले तारमुनि पर्ने दायाँबायाँ १५र१५ मिटर जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरेको छ । फिडर सडक बनाएर मुआब्जा वितरण गर्दा तारपोलमुनिको नभई पहुँचका आधारमा खोलाको जमिनलाई दिएको तर वास्तविक जमिन पर्नेले नपाएको पीडित संघर्ष समितिको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी