इण्डो–नेपाल रेमिटेन्समा थप आयाम

इण्डो–नेपाल रेमिटेन्समा थप आयाम

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सि ,मंसिर २२ ।

नेपालको रेमिट्यान्स कम्पनी आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रा.लि वीच औपचारिक रेमिटन्स सेवा शुरु भएको छ ।

यो सम्झौतापछि अब भारतमा अक्सिजन सर्भिसका ३० हजार भन्दा बढी सेवा केन्द्रमार्फत नेपालमा पैसा पठाउन सकिनेछ ।

भारतमा अक्सिजन सर्भिस इण्डियाका सेवा केन्द्रबाट पठाएको पैसा नेपालमा रहेका आइएमईका १ सय ४९ वटा केन्द्रसहित ७५ जिल्लामा ५ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाले भुक्तानी दिने छन् ।

काठमाडौंमा भएको कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन सर्भिस् इण्डिया प्रालिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेनाले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

यो सम्झौतापछि भारतमा रहँदै आएका लाखौँ नेपालीले आफ्नो कमाईलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्र्याउन सक्ने विश्वास आफूले लिएको ढकालले बताउनुभयो ।

भारतमा अक्सिजनको आरबीएल बैंक लिमिटेड र आइएमईको नेपालमा ग्लोबल आइएमई बैंक बैंकिंङ साझेदार हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी