परासी, २२ मंसिर ।
नवलपरासीको सुनवलमा हुन लागेको तेश्रो औद्योगि व्यपार मेलाको तयारी पुरा भएको छ ।
आज पत्रकार सम्मेलन गरी मेलाको मुल गेट निर्माण संगै बाण्डरी, मञ्च, स्टल, बालउद्यान, शौचालय लगायतका मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
उद्योग वाण्ज्यि संघ नवलपरासीले आयोजना गरेको औद्योगि व्यपार मेलाको भोली विहिवार एक भव्य समारोह बिच उप राष्ट्रपति नन्द बहादुर पुनले उद्दघाटन गर्ने संघका अध्यक्ष भिम बहादुर थापाले जानकारी दिनुभयो ।
शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना भैरहेको मेलामा कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गरिने छ ।
यस्तै मेलामा जिल्लाका महत्वपुर्ण एैतिहासिक ओझेलमा परेको धार्मिक एवं पर्यटकिय क्षेत्रको व्यापक प्रचार प्रसार गरि अन्तराष्ट्रि जगतमा चिनाउन समेत मेलाको उद्देश्य रहेको थापाले बताउनु भयो ।
अध्यक्ष थापाका अनुसार मेलामा मायादेवी मन्दीर आकृतिको मुल प्रवेशद्धार, कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान र डुंगा सफारी, हेलिकप्टर उडान, माटो परिक्षण, चौरी गाई, राउटे र उँट समेतको प्रदर्शनी यस मेलाका विशेष आकर्षण रहने छ ।
खास गरि मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गरिने संघका महासचिव गिरीराज पाण्डेयले बताउनु भयो ।
