नयाँ बस पार्कका व्यवसायी आन्दोलित, २६ गते बस पार्क बन्द 

नयाँ बस पार्कका व्यवसायी आन्दोलित, २६ गते बस पार्क बन्द 

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ , २१ मंसिर । 

ठेकेदारसँग मिलेर नगर प्रहरीले दुःख दिइरहेको भन्दै बालाजुस्थित नयाँ बस पार्कभिभत्र रहेका व्यापारी व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।

राजधानीको संवाद डवलीमा आज पत्रकार सम्मेलन गरी आन्दोलित व्यावसायीले बिभिन्न ८ बुदे मा सहित चरणबद्ध संघर्षका कार्यक्रम पनि घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संयुक्त उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीले महानगरपालिका र निर्माणको जिम्मा दिइएको लोत्से बहुउद्देश्यीय कम्पनीबीचको सम्झौता नै अन्तर्रा्ष्ट्रिय मापदण्ड विपरित भएको बताउनु भयो ।

उहाले राज्यको सम्पतीमाथि निजी कम्पनीको एकाधिकार हुने गरी गरिएका सम्झौताको खारेजी गर्न पनि माग गर्नुभयो ।

कार्यक्रममा बोल्दै गोंगबुलाई अन्तर्रा्ष्ट्रियस्तरका बसपार्क बनाउनु खुशी कुरा भएपनि विभिन्न ठूला सपिङ कम्पलेक्सहरु निर्माण गरेर साना व्यवसायीयहरुको उठिबास लगाउन लागेको बताएका छन् ।

व्यवसायी दामोदर घिमिरेले बस पार्क अन्तर्रा्ष्ट्रिस्तरको बन्नु राम्रो भएपनि दलाल कम्पनीहरुले साना व्यवसायीहरुमाथि दुख दिने र सिण्डिगेट लगाउने तयारी गरिरहेको बताउनु भयो ।

व्यवसायी ठोकबहादुर गौतमले ठेकेदार कम्पनीसँग मिलेर नगर प्रहरीलेले दुःख दिइरहेकाले आफूहरु आन्दोलनमा जानु परेको बताउनु भयो ।

निजी कम्पनीको योजनामा आफूहरुलाई उठिबास लगाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको उहाले दाबी गर्नुभयो । ‘बसपार्कमा दिउँसै लुट भइरहेको छ, जे मन लाग्छ त्यही गरिरहेका छन् । यसमा पार्टीका नेतादेखि कर्मचारीको मिलोमतोमा गरिबको साँझ–विहानको गास खोस्न काम भइरेको छ’ गौतमले भन्नुभयो । त्यस्तै बसपार्क्भित्र लामो समयदेखि व्यपार गर्दै आएकी देवकी खरेलले विना व्यवस्थापन आफूहरुको उठिबास लगाउन लागेका कारण आन्दोलनमा जानुको विकल्प नभएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी कार्यक्रममा व्यवसायी हरिचन्द्र पाठकले राजनीतिक पार्टीका नेताहरुको संरक्षणमा रहेको लोत्से कम्पनीको स्वार्थअनुसार नगर प्रहरीले धरपकड गरिरहेको बताउनुभयो । उहाले आफूहरु नयाँ बन्ने संरचनामा चलन चल्तीको भाडा तिर्न तयार रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा उपस्थित नेकपा (माओवादी)का केन्द्रीय सदस्य उत्तमले बस पार्क्भित्र व्यपार–व्यवसाय गरेर जीवन गुजरा गर्दै आएका सर्वसाधारको उठिबास लगाउने विषयले आफूहरु गम्भीर भएको बताउनु भयो । उहाले व्यवासायीको आन्दोलनमा आफ्नो पार्टीको पूर्ण साथ रहेन प्रतिबद्धता समेत जनाउदै व्यवसायीलाई उठिबास लगाउनु भन्दा व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

naya-bushpark1
एक सय ६१ रोपनीमा फैलिको नयाँ बसपार्कलाई अन्तर्रा्ष्ट्रियस्तरको बनाउने भन्दै सरकारले व्यवसायीलाई उठाउन लागेको छ । तर, व्यवसायीहरुले नयाँ बन्ने संरचनामै आफ्नो व्यवस्थापन हुनु पर्ने माग राख्दै आएका छन् ।

व्यवसायीका मागहरुः 

– अन्तर्राष्ट्रिय टर्मिनल बस पार्कभित्र निर्माण भएको सपिङ कम्पलेक्समा लामो समयदेखि बसपार्कभित्र व्यवसाय गरिरहेका व्यवसायीहरुलाई भवन निर्माण सम्पन्न भएपछि चलन चल्तीको भाडादरमा व्यवसया गर्न दिइयोस् । 
– सो समयसम्मका लागि यथास्थानमा व्यवपार व्यवसाय गर्ने वातावरण मिलाइयोस् । 
– बस पार्क व्यवस्थापनमा जापना सरकार र नेपाल सरकारको सहमतिअनुसार निर्माण गरियोस् । 
– बसपार्कको खोला साइडमा बाटो भन्दा अगाडि कम्तीमा २ तले भवन निर्माण गरी बस पार्कभित्रका व्यवसायीहरुलाई व्यवास्थापन गरियोस् । 

संघर्षका कार्यक्रमहरुः 

– मंसिर २२ गतेः काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला प्रहरी कार्यालय टुकु, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपक (माओवादी)लगायतका राजनीति पार्टीलाई ज्ञापनपत्र बुझाउने । 
– मंसिर २४ गतेः बिहान ६ बजेदेखि १० बजेसम्म बसपार्क सरसफाई, दिउँसो अन्तरक्रिया कार्यक्रम । 
– मंसिर २५ गतेः नयाँ बसपार्क गेटमा धर्ना विहान ८ बजेदेखि १० बजेसम्म । 
– मंसिर २६ गतेः नयाँ बसपार्क बन्द । 
 
 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी