मलेसिया, २१ मंसिर ।
मलेसियाको केलाङमा देश परदेश म्युजिक कम्पनीको आयोजनामा सांगितिक कार्यक्रम हुने भएको छ ।
चिनिया नयाँ बर्ष र ल्होसार को अबसर पारेर कम्पनीले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको छ ।
जनवारी २९ मा केलाङको ग्लोकोर्स होटलमा कार्यक्रम हुने आयोजकका तिलोचन गौतमले जानकारी दिए । नेपाली लोकदोहोरी क्षेत्रमा एक छत्र राज गरेका लोक गायक राम जि खाड, दोहोरी गायिका तथा मोडल निशा पोख्रेल, लगायतका कलाकारले कार्यक्रममा दर्शक लाइ मनोरन्जन दिने भएका छन ।
सो कार्यक्रम मा गायक हरु मनिपाल राइ, अमर राइ , रमेश बानिया , गौरब नारायण राइ, हास्यकलाकार सुजन न्यौपानेर्, याप गायक चन्द्र सुनार लगायत ले समेत आफ्नो प्रस्तुती दिने अर्का आयोजक दिपक संघर्षले जानकारी दिए ।
मलेसियामा रहेका प्रतिभालाइ समेत स्टेज दिन का लागी कार्यक्रम आयोजना गरिएको अर्का आयोजक सन्तोस सुनारले बताए । नयाँ पुराना कलाकारको जमघट हुने कार्यक्रमको मिर्मिरे अनलाइन, मोफसल अनलाइन र रेडियो मिर्मिरे अफिसियल मिडिया रहने छन ।
पछिल्लो समय सांगितिक गतिबिधिमा सक्रीय कलाकार लाइ प्लेटफर्म दिदै आएको देश परदेश म्युजिक कम्पनीले नयाँ सर्जक र कलाकार लाइ प्रबर्धन गर्दै आएको छ ।
केलाङ र आस पासका दर्शक माझ दोहोरी र आधुनिक गीत का गायक लाइ देश परदेश म्युजिक कम्पनीले दर्शक माझ ल्याउन लागेको हो ।