कसको मायामा परिन् गायिका मेलिना राई ? (भिडियो)

कसको मायामा परिन् गायिका मेलिना राई ? (भिडियो)

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

“यो माया हो”, “सेवारो नमस्ते” लगायतका सफल गीतहरु बजारमा ल्याइसकेका गायक मविन्द्र राईले नयाँ गीत “माया जालै” मा बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

यूट्यूवमा सार्वजनिक गरेको २ हप्तामा नै “माया जालै” मा बोलको गीत हेर्नेको संख्या २ लाख नाघिसकेको छ । यूवापुस्ताकी चर्चित गायिका मेलिना राई र गायक मविन्द्र राईको आवाजमा रहेको “माया जालै” मा बोलको गीतमा गायक मविन्द्रकै शब्द र संगीत रहेको छ ।

पुतलीसडकमा रहेको डि. स्टूडियोमा रेकर्ड गरिएको गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक “माया जालै” मा बोलको भिडियोमा शैलेस हमाल र अन्जु भण्डारीले अभिनय गरेका छन् ।

भिडियोमा शैलेस र अन्जको केमेष्ट्रि निकै लोभलाग्दो देखिएको छ । रुपेश श्रेष्ठको छायाँकन, सम्पादन र निर्देशन रहेको भिडियोको मेकिङ गज्जबकै देखिन्छ ।

लगातार आफ्ना गीतहरु दर्शक, स्रोताहरुले मनपराइरहेको अबस्थामा चाँडै गायक मविन्द्र राईले “तर्की तर्की” बोलको गीत पनि बजारमा ल्याउँदैछन् । यो गीतमा पनि गायक राईलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी