बिहे गर्न सोल्टिनी फकाउदै गायक कर्म दोङ (भिडियो सहित)

बिहे गर्न सोल्टिनी फकाउदै गायक कर्म दोङ (भिडियो सहित)

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ २१ मंसिर ।  प्रवासमै बसेर पनि नेपाली गीत संगीत क्षेत्रमा क्रियाशिल गायक कर्म दोङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनको पछिल्लो एल्वम कर्ममा समावेश गरिएको सोल्टीनी बोलको गीतको म्यूजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।

पासाङ योन्जन लामाले निर्देशन गरेको म्युजिक भिडियोमा भिजे तथा मोडल सोनाम पाख्रिन र मिस तामाङ सुमी मोक्तानले अभिनय गरेका छन् । गीतमा गायक तथा संगितकार आसुसेन लामाको शब्द तथा संगीत रहेको छ ।

गीत र म्युजिक भिडियो दुवै राम्रो बनेकोमा प्रसन्नता व्यक्त गर्दै गायक दोङले दर्शकहरूको माया पाउनेमा आफू आशावादी रहेको बताए । भिडियोमा छायांकन ज्ञानेन्द्र शर्माको छ भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।

हाल अध्यायनका शिलशिलामा जापानमा रहेका गायक कर्म दोङको यो एल्बम थोपा मिडियाले बजार व्यवस्थापन गरेको हो । सुन कोसी तरेर म आउला बोलको गीत मार्फत दर्शक स्रोता माझ छाएका उनले यति धेरै माया दियौ, छेप्पका छसाम सिल्वा क्युई, हिमालै राम्रो हिउँले लगायतका दर्जन बढी सेलो तथा नेपाली गीतहरु बजारमा ल्याइसकेका छन् ।

प्रवासमै बसेर पनि उनी विगत एक दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशील छन् । जापान बसाईका क्रममा पनि उनी त्यहाँ हुने विभिन्न स्टेज शोहरुका व्यस्त गायक समेत हुन् ।

भिडियो :

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी