काठमाडौं, मंसिर २० ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले स्थानिय निकायको निर्वाचनमा जानका लागी उसरकारले संबिधान संसोधन प्रस्ताव ल्याएको बताउनु भएको छ ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा सानेपामा आज आयोजित कार्यक्रममा बोल्दै उहाले संशोधन प्रस्तावले झन् समस्या ल्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा जान सहज बनाउने उदेश्यले संसदमा प्रस्ताव दर्ता गराएको तर्क गर्नुभयो ।
संशोधन बिधेयकमा भारतलाई तानेर नेकपा एमालेले कांग्रेसविरुद्ध हल्ला फिँजाएको आरोप लगाउदै परराष्ट्रमन्त्री महतले कूटनीतिक सम्बन्धमा आफूहरु तर्कसंगत ढंगबाट प्रस्तुत् भएर सीमावर्ती क्षेत्रको डुबान, सिँचाइलगायतका समस्याको समाधान खोजेको दाबी गर्नुभयो ।
उहाले संविधानमा महिला अधिकारबारे नयाँ कुरा थप्नुभन्दा पहिला संविधानले दिएकै अधिकारको पूरा सदुपयोग गर्नेतर्फ ध्यान दिन आग्रह आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरुले पार्टी्भित्रै पनि महिला अधिकारको अवस्था दयनीय रहेको भन्दै महिलाको राजनीतिक अधिकारका लागि पार्टी्भित्रै दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।