भारतबाट अवैधरुपमा ल्याउदै गरेको ४० हजार केजी दाल बरामद

भारतबाट अवैधरुपमा ल्याउदै गरेको ४० हजार केजी दाल बरामद

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

काठमाडौं, २० मंसिर ।
सीमावर्ती भारतबाट अवैधरुपमा तस्करी गरी नेपालतर्फ ल्याउदै गरेको करोडौँ मूल्य बराबरको मासको दाल पर्सा प्रहरीले बरामद गरेको छ ।

अवैध रुपमा ल्याउदै गरेको एक करोड बढी मूल्य बराबरको ४० हजार किलो मासको दाल जिल्लाको जानकी नगर–९ बाट आज बिहान करिब ४ बजे बरामद गरेको प्रहरीले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक गोविन्द साहको नेतृत्वमा गएको टोलीले भारत पश्चिमी चम्पारनको खमिया गाउँको बाटो हुदै छ वटा भारतीय नम्बरको ट्र्याक्टरमा अवैधरुपमा ल्याइरहेको सो दाल पक्राउ गरेको हो ।

सो दाल कस्को हो खुल्न नसकेको प्रहरीले जनाएको छ । बरामद गरिएको दाल छानबिन गरी भन्सार कार्यालयमा बुझाउन जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी