मकवानपुर, मंसिर २० ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरमा आपत्कालीन विमानस्थल बनाउने बिषयमा सरकारले अध्ययन गरिरहेको बताउनु भएको छ ।
नारायणी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघले आज गरेको सम्मान कार्यक्रममा बोल्दै उहाले विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि छिट्टै प्राविधिक टोली खटाइने पनि जानकारीे दिनुभयो ।
नेपाल पर्यटकिय रुपमा सम्भाब्यता बोकेको मुलुक रहेको भन्दै उहाले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताउनुभयो ।
पशुपतिनाथ र लुम्बिनीलाई मात्र नहेरी ओझेलमा परेका अन्य पीठको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline