काठमाडौ ,१८ मंसिर ।
सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विषयमा धारणा तय गर्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
धुम्बाराहीस्थित पार्टी कार्यलयमा दिउँसो साढे २ बजेपछि बस्ने बैठकमा संविधान संशोधन प्रस्तावका विषयमा आधिकारिक धारणा तय गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै पार्टीको महाधिवेशन, स्थानीय तहमा पार्टी एकता लगायतका विषयमा पनि बैठकमा छलफल हुने जनाएको छ ।
नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित कार्यदलले राप्रपाको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline