अम्बाथानमा सुनजस्तै ढुङगा भेटिएपछि मेलम्चीको काम रोकियो

अम्बाथानमा सुनजस्तै ढुङगा भेटिएपछि मेलम्चीको काम रोकियो

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सिन्धुपाल्चोक, १८ मंसिर ।
मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेँलो पदार्थ फेला परपछि सुन हुन सक्ने आशंकामा निर्माण कार्य नै रोकिएको छ ।

हेडवक्र्सको काममा रहेका इटालियनले पहेँलो कण मिसिएको ढुंगालाई लुकाएर धमाधम झोलामा राख्न थालेपछि स्थानीयले सो पदार्थ सुन रहेको भन्दै निर्माण कार्य अबरोध गरेका थिए ।

उनीहरुले इटालियन कामदारले पहेँलो रंगका ढुंगा झोलामा हालेपछि स्थानीयले सुन भेटिएको हल्ला चलाएर काम नै रोक्न बाध्य बनाए ।

सुन भएको पहाड खन्न पाइँदैन भन्दै अम्बाथानवासी हेडवक्र्स स्थानमा पुगेपछि खानेपानीको हेडवक्र्स साइटको काम रोकिएको छ । त्यस्तो पहेँलो पदार्थ अम्बाथानवरिपरि धेरै ठाउँमा पाइने गरेको स्थानीयले बताएका छन् ।

सुनजस्तै पहेँलो पदार्थ फेलापरेपछि हेडवक्र्सको पहाड खन्ने काम हिजोदेखि बन्द भएको मेलम्ची खानेपानी बोर्डका इन्जिनियर लक्ष्मण रायमाझीले जानकारी दिनुभयो ।

स्थानीयको एक समूहले सुनको पहाड नखन्न भनेपछि खानेपानी आयोजनाले सो स्थानमा काम बन्द गरेको उहाले बताउनु भयो । पहेँलो पदार्थ मिश्रित ढुंगा परीक्षणका लागि काठमाडौं ल्याइसकेको र ढुंगाको स्याम्पल खानी तथा भूगर्भ विभागमा पठाउन लागेको बताउनु भयो । सुन हो वा अन्य धातु हो भन्ने पत्ता लाग्न आइतबारसम्म पत्ता लाग्ने छ ।

हेडवक्र्स साइटमा सुरक्षा व्यवस्था कडा पारिएको मेलम्ची खानेपानी आयोजनाको सुरक्षा विभाग हेरिरहेका भूपू डिएसपी होमजंग चौहानले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ