काठमाडौं, मंसिर १७ ।
आपूर्तिमन्त्री दीपक बोहराले डोल्पा र हुम्लामा पनि खाद्यान्न र्पुयाउने गरी काम गर्न खाद्य संस्थानलाई निर्देशन दिनुभएको छ ।
नेपाल खाद्य संस्थानको आज सम्पन्न ४२औं वार्षिकोत्सवमा मन्त्री बोहराले ‘बिजनेस प्लान’ बनाएर अगाडि बढ्न पनि सुझाव दिनुभएको छ ।
संस्थानले राम्रो कन्सल्ट्यान्ट ल्याएर व्यावसायिक योजना बनाउनुपर्ने भन्दै उहाले कर्मचारी व्यवस्थापन, बजार भाउ नियन्त्रण, उत्पादकत्व बढाउनेजस्ता कार्यमा संस्थानले जिम्मेवारपूर्वक कार्य गनुपर्नेमा जोड दिनुभयो ।
संस्थानले आफ्नो सेवा विस्तार गर्ने योजना अघि सारेको जनाएको छ ।
आगामी दिनमा संस्थानको सेवा पुग्न बाँकी रहेका तराई तथा भित्री मधेसका जिल्लाहरुमा पनि गुणस्तरीय खाद्यान्न बिक्री गर्ने जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि घुम्ती सेवा विस्तार गर्ने संस्थानले जनाएको छ । संस्थानले खाद्य सुरक्षा भन्डारण तथा सार्क फुड बैंकमा ३३ हजार मेट्रिकटन खाद्यान्न मौज्दात रहेको जनाएको छ ।