काठमाडौं, मंसिर १७ ।
ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण सन्चालक समितिका सदस्यहरु मनोजकुमार मिश्रा, लक्ष्मणकुमार अग्रवाल र सुरज लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणको सुधार प्रक्रियामा अवरोध गरेको तथा विद्युत्भार कटौती अन्त्य गर्ने काममा समेत लगातार अवरोध गरेको पाईएपछि मन्त्रालयले आज तीनै जनालाई स्पष्टिकरण सोधेको हो । प्राधिकरणलाई हानि हुने काम गर्नुका साथै बोर्ड बैठकको निर्णय भन्दै झुटा कुरा सन्चारमाध्यम बाट सार्वजनिक गर्ने गरेको पनि आरोप छ ।
संस्थाको मर्यादा, हित र अन्य दैनिक कारबाहीमासमेत प्रभाव पारेकाले सात दिनभित्र कारबाही गर्नु नपर्ने भए चित्तबुझ्दो कारणसहित उपस्थित हुन मन्त्रालयले तीनैजना सन्चालकलाई भनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline