संगितका एक पुजारी र उनको सांगितिक यात्रा

संगितका एक पुजारी र उनको सांगितिक यात्रा

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ ,१६ मंसिर ।

नेपालको सुन्दर पखेरी पर्बतमा जन्मिएका गंगाराम सानैदेखि नेपाली संगीतमा लाग्ने सोच बोकेका एउटा प्रतीभाशाली ब्यक्ति हुन । सानैदेिख स्कुलमा हुने सांस्कृतिक कार्यक्रम होस या गाउ ठाउमा हुने सांगीतीक कार्यक्रम कही कतै पनि सहभागी हुन छुटेनन् गंगाराम । परीयार सानैदेखि गाउने मात्र नभई बजाउने काममा पनी सीपालु थिए ।
जब उच्च शिक्षा हासील गर्न श्री गुप्तेश्वर बहुमुखि क्याम्पस कुश्मामा भर्ना भए त्यस समय देखिनै उनी लोकदोहरी प्रतिष्ठान पर्बतको कार्य समितिमा रहेर काम गरे ।

२०६२ सालमा बोट राम्रो फुलको काईनाले भन्ने एल्बम बाट औपचारीक सांगीतीक यात्रा सुरु गरे उनले । जसमा परीयारकै लयमा खुमन अधीकारी र देबी घर्ती मगरले स्वर भरेका थिए । भने सोही एल्बमको साईड बी मा स्यम गंगारामले देबी घर्तीसंग जाड रक्सी खानाले भन्ने हास्यशैलीको गीत पनी गाए ।

15301323_684257125067835_1541460893_n

यसरी उनको संगीत यात्राको आरम्भ भएको थीयो । त्यससंगै बिसं २०६५ सालमा फेरी उनले साय धारा सय फुलको पानी बोलको लोकदोहरी गीत ल्याए ।

जसमा कुलेन्द्ध बिश्वकर्मा र देबी घर्तीको आवाज रहेको थियो ।

बिशेष गरी गंगारामले लय बनाउने गीत गाउने रुची राख्ने उनले पुन आफ्नो संगीत स्वरमा रुदा सूक्यो ज्यान बोलको गीत पनी बजारमा आईसकेको थीयो । जसमा उनलाई शर्मीला गुरुगले साथ दिएकी थिईन ।

त्यसपछी करीब लामो अन्तराल पछी २०७३ मा बाचुन्जेल दिउला साहायता एल्बमबाट उनी पुन सांगीतीक क्षेत्रमा आममन गरेका छन ।

बिपशा परीयार र उनको स्वर रहेको सो गीतमा उनको आफ्नै संगीत पनी रहेको छ ।

अडीयोको युग हुदै अहीलेको डीजीटल युग सम्म आइपुग्दा उनले संगीतका धेरै खालका उतारचढाब बेर्होनु परेको पनि सुनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी