संबिधान संसोधनमा एमालेले समर्थन गर्छ : देउवा

संबिधान संसोधनमा एमालेले समर्थन गर्छ : देउवा

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ ,मंसिर १६ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संबिधान संसोधनमा एमालेले समर्थन गर्ने बताउनु भएको छ ।

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि भ्यालेराइन जुलियान्डसँगको भेटमा उहालेविगतमा कांग्रेस र एमालेले सहमति गरेर तयार पारेको खाका अनुसार नै सरकारले सीमांकन हेरफेरको प्रस्ताव ल्याएको भन्दै एमालेले समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

आज विहान देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा राष्ट्रसंघको प्रतिनिधि मण्डलले संविधान संशोधन विधेयकबारे चासो राखेको थियो ।

भेटमा राष्ट्रसंघ मुख्यालय न्यूयोर्कको निर्वाचन सहायता डिभिजनका निर्देशक क्रेग जेनिस पनि सहभागी हुनुभएको थियो ।

कांग्रेस सभापति देउवाले सबै राजनीतिक दल र समूहलाई सहमतिमा ल्याई तोकिएकै समयमा स्थानीयसहित तीनै तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्न आफ्नो पार्टी लागेका बताउनुभयो ।

भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ । राष्ट्रसंघको प्रतिनिधि मण्डलले संविधान संशोधन विधेयकबारे चासो राखेको थियो ।

देउवाले राजनीतिक दलहरुको सहमतिमा चैत्रभित्रै स्थानीय तहको निर्वाचन गर्ने बताएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार देउवाले संविधान संशोधनमा मधेसी दलहरुको भावना समेट्न सरकार तयार रहेको भन्दै उनीहरुले चुनावमा भाग लिने दाबी गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी