आदिबासी संस्कृतिमाथि योजनावद्ध आक्रमणः गुरुङ

आदिबासी संस्कृतिमाथि योजनावद्ध आक्रमणः गुरुङ

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौँ १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङगले नेपाली सस्कार र
संस्कृतिमाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् । ‘नेपाली विशेष गरेर आदिबासी–जनजातिको कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसको विरुद्धमा लाग्नु आजको आवश्यकता हो’गुरुङले भने ।
बिहीबार फाल्गुनन्द लिङदेन फिल्मस प्रा.लि.ले संवाद डबलीमा आयोजना गरेको‘सम्मान तथा शुभसाइत’ कार्यक्रममा बोल्दै नेता गुरुङले नेपालमा अझै सामन्तवादी संस्कृतिले जडा गाडेको बताए । उनले नेपाली सस्कार र संस्कृतिमाथिको बाह्य आक्रमणलाई सामन्तवादी संस्कृतिले सहयोग गरिरहेको बताए ।
फाल्गुनन्द लिङदेन फिल्मस प्रालिको व्यानरमा निर्माण हुन लागेको चलिचित्र ‘दुस्साहस’ को सुभारम्भ पनि गरिएको थियो । दिनेश लिङदेनको निर्माता तथा निर्देशनमा बन्ने उक्त चलचित्रमा सोम लामा, अजय खड्का, निषा पोमु, प्रिजन श्रेष्ठ, प्रदिप योङहाङ, रुपा राना, विवेघ बेघा, कल्याण राई, उदय सुब्बा,
मेहन्द्र कुमार राईलगायतका कलाकारहरुले चलचित्रमा अभिनय गर्ने जानकारी पनि गराइएको थियो ।
कार्यक्रममा डा. बिजय लिङदेन, कल्पना योङहाङ, उदय सुब्बालगयतले नयाँ चलचित्रको लागि शुभकामना दिएका थिए ।
यही हप्ताबाट छायांकन सुरु गरिने उक्त चलचित्रमा राजु किराती, संगीता विकास चौधरीको द्वन्द्वमा भूमिका हुनेछ भने ज्ञानु राइले छायांकन गर्नेछन् ।
चलचित्रमा समेटिने गीतमा रोशन सुवेदी, मेनुका राई, पाश्र्वले स्वर दिनेछन् ।कार्यक्रममा छक्का पञ्जाकी निर्देशक तथा कलाकार दिपा श्री निरौला लगायतका कलाकार र समाजसेवीलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ