काठमाण्डौका लागी सामान ओसार्न गोन्जाओबाट ढुवानी रेल सेवा सुरु

काठमाण्डौका लागी सामान ओसार्न गोन्जाओबाट ढुवानी रेल सेवा सुरु

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,१६ मंसिर ।

चीनको दा सुन फा इन्टरनेसनल लजिस्टिक एवं थियान जी टिबेट कम्पनी र नेपालको सिनो नेपाल लजेस्टिक एन्ड ट्रान्सपोर्टेसन कम्पनीबीच भएको साझेदारी सम्झौताबमोजिम चीनको गोन्जाओबाट दक्षिण एसिया अन्तर्रा्ष्ट्रिय सार्वजनिक ढुवानी रेल सेवा सुरु भएको छ ।

व्यापार सहजीकरण र प्रवद्र्धनको उद्देश्यले निजी क्षेत्रको पहलमा चीनको दक्षिणको व्यापारिक सहर गोन्जाओबाट बुधबार ढुवानी रेल सेवा सुरु भएको छ । पहिलो दिन नेपाली व्यवसायीको तयारी कपडा, विद्युतीय सामग्री, फर्निचरलगायत करोडौं मूल्यका सामान बोकेर २२ क्याबिनेट र कार्गाे बक्ससहितको रेल ल्हासा गएको छ । सो सामान केरुङ नाका हुँदै राजधानी भित्रने छ ।

यस अघि ल्हासासम्म यात्रु ओसारपसार र व्यापारिक सामान ढुवानीमा एउटै रेल प्रयोग हुँदै आएकोमा अब व्यपारिक सामान मात्र ढुवानी गर्ने भएकाले आयातमा लाग्ने समय झन्डै आधा कम हुने आएको थियो ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि नेपाली व्यवसायी सामुद्रिक बाटो र केरुङबाट व्यापार गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी