बिदेशी लगानी भित्र्याउन प्रोजेक्ट बैंक शुरु गर्ने लगानी बोर्डको तयारि

बिदेशी लगानी भित्र्याउन प्रोजेक्ट बैंक शुरु गर्ने लगानी बोर्डको तयारि

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ , १५ मंसिर ।

लगानी बोर्डकाकार्यकारी निर्देशक महाप्रसाद अधिकारीले ठूला आयोजना सम्पन्न गर्न नेपाली लगानीले मात्र नसकिने भएकाले विदेशी लगानी भित्र्याउन प्रोजेक्ट बैंकको अवधारणा तयार पारेको जानकारी गराउनु भएको छ ।
संसदको विकास समितिको आज बसेको बैठकमा बोल्दै उहाले विदेशी लगानी भित्र्याउन प्रोजेक्ट बैंक सुरु गर्ने बताउनु भयो ।
उहाँले भारत लगायत विभिन्न मुलुकमा प्रोजेक्ट बैङ्क मार्फत ठूला आयोजना सञ्चालन भईरहेको उदाहरण दिंदै नेपालमा पनि ठूला आयोजना निर्माणका लागि सोहि अवधारणमा जानुपर्ने बताउनुभयो ।
छलफलका क्रममा समिति सदस्यले विकास आयोजनाहरु लगानीको अभावमा अलपत्र परेकोले त्यसका लागि आवश्यक तयारी गर्न बोर्डलाई सुझाव दिएका थिए । बैठकपछि समितिले बोर्डलाई रोकिएका कामलाई तत्काल अघि बढाउन निर्देशन दिएको छ ।
ठूला आयोजनाका लागि लगानी प्रवन्धन गर्ने सम्बन्धमा देखिएका कानुनी समस्या तथा लगानी मैत्री नीतिमा देखिएका समस्या १५ दिनभित्र उपलब्ध गराउन लगानी बोर्डलाई निर्देशन दिएको सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी