पृथ्वी राजमार्गमा पर्ने मोटरेवल पुलको मर्मत कार्य सुरु

पृथ्वी राजमार्गमा पर्ने मोटरेवल पुलको मर्मत कार्य सुरु

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमान्डौ ,मंसिर १५।
पृथ्वी राजमार्गमा पर्ने सानाठूला गरी दुई दर्जन मोटरेवल पुलको मर्मत कार्य सुरु गरिएको छ । पुल जीर्ण र कमजोर हुन थालेपछि ती पुलको मर्मत कार्य सुरु गरिएको हो ।

ती पुलहरुमा रङ्गरोगन गर्ने, लुज भएका नटबोल्ट टाइट गर्ने, वेल्डिङ गर्ने, दायाँ बायाँ बोर्ड राख्ने लगायतका काम हुने जनाइएको छ ।

उक्त पुल मर्मतका लागि लागि करिब ९ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । यस वर्ष पृथ्वी राजमार्गको सबैभन्दा लामो ३७० मिटरको मादीनदी पुल, डाङडुङ पुल, हुक्दी पुल, अँधेरीखोला पुल, खानीखोला पुल लगायतका पुल मर्मत गरिनेछ ।

अवको तीन महिना भित्रमा नौविसे–पोखरा सडक खण्डमा पर्ने स–साना पुलहरु समेत मर्मत हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी