धरानमा अनाथ बालबलीका लागि फेसन सो गरिदै

धरानमा अनाथ बालबलीका लागि फेसन सो गरिदै

  • मङ्लबार, मंसिर १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

धरान ,मंसिर १४ ।

धरान १५ को बाझगरा युथ क्लबले आउदो मंसिर २४ गते अनाथ बालबालिकाका लागि सहयोग स्वरुप फेसन सो संगै सांगितीक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आज मंगलबार धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको सभाहलामा   पत्रकार सम्मेलनको आयोजना गरि अनाथ बालबालीकाका लागि आर्थिक सहयोग संकलन स्वरुप कार्यक्रमको आयोजना गर्न लागेको क्लबका उपाध्यक्ष अमित लिम्बुल बताउनुभयो ।

युवाहरुलाई सामाजिक कार्य गर्न प्रेरित गर्ने उदेश्यले क्लबले यस्तो कार्यक्रमको आयोजना गरि थोरै भए पनि सामाजिक कार्यमा सहयोग पु¥याउने आफुहरुको लक्ष्य रहेको उहाले बताउनुभयो ।

१० लाख ८० हजारको लागतमा आयोजना गरिने कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत रकम धरान ४ स्थित पुरानो अस्पताल हातामा रहेको अपांग पुर्नस्थापाना केन्द्र र धरान ३ मा रहेको सरस्वती बाल आश्रम का बालीका का लागि सहयोग प्रदान गर्ने बताइएको छ ।

फेसन सो मा मिस नेपाल २०१४ का विजेता सुिबन लिम्बु र नायीका निशा अधिकारी मुख्य आकार्षक रुपमा रहने छन्  भने गायक सपन श्रेष्ठले सांगितक मनोरञ्जन प्रदान गर्नुका साथै स्थानिय डान्स सेन्टरको सांस्कृतिक नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको उपाध्यक्ष लिम्बुले जानकारी दिनुभयो । कार्यक्रम धरान १५ स्थित होटल इ.जी राईडरमा हुनेछ ।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी