उपत्यकामा आजबाट साझाका ३० बस सञ्चालनमा

उपत्यकामा आजबाट साझाका ३० बस सञ्चालनमा

  • आइतवार, मंसिर १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, १२ मंसिर ।
काठमाडौ उपत्यकामा आजदेखि साझा यातायातका सुविधा सम्पन्न थप ३० वटा बस सञ्चालनमा आएको   छ । उपत्यकाका विभिन्न चार रुटमा अब पुराना आठ सहित नयाँ ३० गरी ३८ वटा बस सञ्चालन हुने साझा यातायातले जनाएको छ ।

अपाङ्गमैत्री साझाको नयाँ बसको प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री दाहाल पुलचोकस्थित साझा यातायातको कार्यलयबाट साझा बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यलयमा आउनु भएको छ ।

शहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न ठूला गाडी मार्फत काठमाडौं उपत्यकाका चारवटा रुटमा यात्रुले सेवा पाउने साझा यातायातका कायम मुकायम प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

साझाको नयाँ वसमा दुई वटा ह्विलचेयर अट्ने ठाउँ, चारवटा सिसिटिभी, मनोरञ्जनका लागि एलइडी टिभी, मोवाइल चार्जरको व्यवस्था गरिएको छ ।

शहरी सवारी मापदण्ड र यात्रुको सेवालाई मध्यनजर गरी साझाले विशेष सुविधायुक्त बस सञ्चालनमा ल्याएको हो । साझाको उपत्यका भित्र र बाहिर गरी नयाँ थपिएका बस सहित जम्मा ४६ वटा बस सञ्चालनमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी