उपत्यकाको ढल व्यावस्थापन गर्न प्रशोधन केन्द्र निर्माण

उपत्यकाको ढल व्यावस्थापन गर्न प्रशोधन केन्द्र निर्माण

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाण्डौ ,११ मंसिर ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो चरणमा आगामि माघदेखि गुहयेश्वरीमा ढल प्रशोधन केन्द्र निर्माण प्रक्रिया सुरु गर्ने भएको छ ।

उपत्यकाका नदीलाई ढल रहित बनाउने योजना स्वरुप ढल प्रशोधन केन्द्रको निर्माण प्रक्रिया थालेको मन्त्रालयले ४ मध्ये पहिलो चरणमा गुहयेश्वरीमा निर्माण सुरु गर्न लागेको हो ।

भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मा पाएकोले अब छिट्टै काम सुरु हुने मेलम्ची खानेपानी अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक त्रिरेशप्रसाद खत्रीले बताउनु भयो ।

प्रतिदिन डेढ करोड लिटरभन्दा बढी ढल प्रशोधन गर्ने क्षमताको सो प्रशोधन केन्द्र एसियाली विकास बैंक (एडीबी) को सहयोगमा करिब २ अर्ब ५० करोड रुपैयाँमा निर्माण हुने उहाले बताउनु भयो ।

कम्पनिले केन्द्र सञ्चालनमा ल्याएर १० वर्षपछि सरकारलाई हस्तातरण गर्नुपर्नेछ ।

यस्तै भक्तपुरको सल्लाघारी, ललितपुरको कोडकु र धोबीघाटमा बन्ने अन्य ३ प्रशोधन केन्द्रको जिम्मा भने चीनको संघाईस्थित ‘स्यापबोन’ नामक निर्माण कम्पनीले पाएको छ । तर, त्यससँग निर्माण सम्झौता हुने प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।
डिजाइन, निर्माण र सञ्चालन (बुट) पद्धतिद्वारा गरिनेछ । सम्झौताको ६ महिनाभित्र डिजाइन, २ वर्ष्भित्र निर्माण र ५ वर्ष्भित्र आफैं सञ्चालन गरी सरकारलाई हस्तान्तरण गर्ने निर्देशनालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी