काठमाडौ ११ मंसिर ।
ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा संकट एक वषभित्रमा समाधान हुने दाबी गर्नुभएको छ । प्रेस सेन्टर बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।
‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्न सरकारले गृहकार्य थालेको जानकारी दिदै उहाँले तत्कालको विद्युतभार कटौतीका लागि सरकारले वैकल्पिक उपाय खोजी गरिहेको बताउनु भयो ।
फरक प्रसंगमा मन्त्री शर्माले संविधान संशोधन भएन भने निर्वाचन नहुने र त्यसो हुदा संविधानको कार्यान्वयन गर्न असफल हुने जिकिर गर्नुभयो ।
मुलुकमा राजनीतिक सङ्कट आउन नदिनका लागि पनि संविधान संशोधन गरेर कार्यान्वयनका लागि अघि बढ्न दलहरु एकजुट हुनपर्नेमा उहाँले जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline