भगवती बस्नेतको एकल गजल एल्बम सत्प्रयासको बिमोचन

भगवती बस्नेतको एकल गजल एल्बम सत्प्रयासको बिमोचन

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

nisa-desarकमल सरगम
मङ्सिर -काठमाण्डौं।
नेपाली गजलको क्षेत्रमा लामो समय देखि अनबरत रुपमा लागि पर्दै आएकी नारी गजलकार तथा गीतकार भगवती बस्नेतको अर्को गजल एल्बम “सत्प्रयास”को बिमोचन कार्य सम्पन्न भएको छ ।विन्ध्यवासिनी म्यूजिक प्रालीको आयोजनामा राजधानीको अनामनगर को एक हलमा बिभिन्न संगीतकर्मी तथा दर्शकको बिचमा एल्बमको बिमोचन गरिएको हो ।बरिस्ठ गजलकार तथा गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचारकर्मी तथा मुक्ताककार रमेश पौडेल ,बुद्धि बिश्वकर्मा ,किरण टि लिम्बु ,भुपेन्द्र रायमाझी ,जुगल डंगोल,गायक मनोजराज ,गायिका निशा देसार ,गायक तथा एस एल्बमका संगीतकार केशब पौडेल ,निरा रानाभाट र भगवती बस्नेतका पति महोन बस्नेत लगाएतले एल्बमको उतोर-उत्तोर प्रगतिको शुभकामना बाढेका थिए ।एल्बममा ६ वोटा गजल समाबेस गरिएको छ ।प्रमोद खरेलको आवाजमा अपुरै भो ,अन्जु पन्तको आवाजमा बसन्ती रङ्गभरी  ,केसब पौडेलको आवाजमा यो छातीमा.,निशा देसारको आवाजमा प्रबासमा रुनु कति ,निरा रानाभाटको आवाजमा काली कति राम्री र मनोजराजको आवाजमा नेपाली म लाइ समेटिएको छ सबैमा शब्द गजलकार भगवती बस्नेतको रहेको छ भने संगीत केशब पौडेलले गरेका छन ।कार्यक्रमको बिसर्जन गर्दै विन्ध्यवासिनीका संचालक सुबास रेग्मीले भने “गीत संगीतको बिकास हुन नसक्नु सस्थामा रहेका अबुझ व्यक्तित्वहरुको बाहुल्यता हो” ।संगै डा.बराललाई इंकित गर्दै भन्नु भयो पुराना गीतकारहरुले रोएल्टी पाउदै छन अर्को वर्ष चिल्लो कारमा चढेको देख्न सकिन्छ ।अहिले आउनु भएका समकालीन साथीहरुलाई अरु दिन नासकेनी आफ्नो आङ ढाक्ने कपडा किन्न सकिने पैसा भने प्राप्त हुन् सक्छ ।”एल्बमका केहि गीतहरु विन्ध्यवासिनी म्युजिककै युटुब च्यानलमा केहि दिन पछी हेर्न सकिने रेग्मीले बताएका छन 

HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी