अनसनरत केसीको माग संबोधनमा दबाब दिन चिकित्सक संघको बृहत भेला

अनसनरत केसीको माग संबोधनमा दबाब दिन चिकित्सक संघको बृहत भेला

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,११ मंसिर ।

नेपाल चिकित्सक संघले १४ दिनदेखि आमरण अनसनमा बस्नुभएका वरिष्ठ चिकित्सक गोविन्द केसीको माग संबोधन गर्न दबाब दिन आज बृहत भेलाको आयोजना गर्दै छ ।

चिकित्सक संघले डा. केसीको सत्याग्रहको निकासका लागि आज आफ्ना पूर्वअध्यक्ष , महासचिव, पदाधिकारी, उपत्यकाका अस्पताल प्रमुख र चिकित्सक लगायतको बृहत् भेला बोलाएको हो ।
आजको भेलाले डा केसीको माग संबोधनका लागी दबाब दिन आन्दोलनका कार्यक्रम तय गर्ने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताउनु भयो ।

चिकित्सक संघले बारम्बार आग्रह गरे पनि सरकारले अहिलेसम्म डा. केसीसँग वार्ता गर्न समितिसमेत नबनाएको भन्दै उहाले आजको बैठकले वार्ता समिति गठन गरि तुरुन्त काम अघि बढाउन पनि आग्रह गरिने बताउनु भयो ।

डा केसीको यसअघिका ९ अनशनमा चिकित्सक संघले प्रत्यक्ष समर्थन थियो ।

१४ दिनदेखि आमरण अनशनरत डा. केसीको ज्यान जोखिममा भएकाले उहाको पक्षमा हुने चिकित्सकहरूको आन्दोलन नियन्त्रणबाहिर गए यसले ठुलो दुर्घटना निम्त्याउन सक्ने भन्दै केसीले अनशन सुरु गर्नुभएको १४ औ दिनमा चिकित्सक सँगले सरकारलाई सचेत गराउन लागेको हो ।

नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, नेसनल डाक्टर्स एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, सोलिडारिटी फर डा. केसी अलायन्स, डाक्टर्स सोसाइटी अफ नेपाल, रेजिडेन्टस एसोसिएसन अफ न्याम्स र सोलाडारिटी अफ मेडिकल फयाटर्निटी लगायतले केसीको समर्थन गर्दै हिजो संघमा ज्ञापन पत्र समेत बुझाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी