हिटर र एसी नचलाउन सरकारी कार्यलयलाई उर्जामन्त्रीको निर्देशन

हिटर र एसी नचलाउन सरकारी कार्यलयलाई उर्जामन्त्रीको निर्देशन

  • शुक्रबार, मंसिर १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, मंसिर १० । उर्जामन्त्री जनार्दन शर्माले कुलेखानीको पानी रित्याएर लोडसेडिङ्ग हटाएको भन्ने आधारहीन हल्लाका पछि नलाग्न आग्रह गर्नुभएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको उद्घाटन गर्दैे उहाले कुलेखानीको पानीको खर्च नगरि अहिले लोडसेडिङ घटाइएको बताउनु भयो । कुलेखानीको पानी हिँउदको लागि आवश्यक पर्ने भएकाले त्यसलाई सुरक्षित राखिएको उहाले स्पष्ठ पार्नु भयो ।

मन्त्रि शर्माले पिक आवरमा वासिङ मेसिन, हिटर, आइरन जस्ता धेरै विजुली खपत हुने उपकरणहरु नचलाई लोडसेडिङ घटाउने सरकारको अभियानमा साथ दिन उपभोक्तालाई अनुरोध पनि गर्नु भएको छ ।

बत्ती बाल्नको लागि पनि परम्परागत चिमको साटो आधुनिक खालका एलइडी बल्ब प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । मन्त्री शर्माले सरकारी कार्यालयहरुलाई पनि हिटर बाल्ने र एसी चलाउने काम बन्द गर्न निर्देशन दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी