सुधनको ‘मेण्टल’ शुक्रबारबाट देशभर

सुधनको ‘मेण्टल’ शुक्रबारबाट देशभर

  • बिहिबार, मंसिर ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं ,९ मंसिर ।

जिएसएम मिडिया क्याम्पको ब्यानरमा सुधन धितालको चलचित्र ‘मेण्टल’ शुक्रबारबाट देशभर एकसाथ प्रर्दशनमा आउने भएको छ ।
आफ्नो प्रर्दशन मिति सार्दै आएको चलचित्र ‘मेण्टल’को यो हप्ता भने प्रर्दशन हुने पक्का ने भएको हो । देशको अवस्थालाई लचिलो प्रहार गरि निर्माण गरिएकोे ‘मेण्टल’ले नेपाली युवाहरुको मन छुने र यस चलचित्रले दुःखाई, थोगाईलाई समेट्ने बतईको छ ।
स्कुले जीवनदेखि नै नेपाली कलाकारितामा होमिएका सुधनले चलचित्र ‘मेण्टल’ एक पटन आम नेपाली दर्शकहरुले हेर्नै पर्ने खालको बनेका बताएका छन् । सुधन निर्माता मात्र होईनन् उनी एक प्रतिभावा कलाकार पनि हुन् । सानै उमेरमा रंगमञ्चमा छिरेका धितालले करिब एक दर्जनभन्दा बढि चलचित्रमा काम गरिसकेका छन् । उनले प्रय निर्देशक राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्र ‘हत्याकाण्ड, चन्द्रावाती, विन्दास, विन्दास २, विन्दास ३, मखमलीलगायत सबै जसो चलचित्रमा आफ्नो क्षामता पस्किएका छन् ।
उनले केही हाँस्या टेलिश्रृङखलामा पनि काम गरिसकेका छन्, भने केही टेलिश्रृङखलामा खेल्नका लागि नाम निस्किएता पनि समयका बाबदुत उनले खेल्न भ्याएनन् । उनको निमार्णमा रहेको पहिलो चलचित्र ‘जयहोस्’ हो । जुन चलचित्रलाई उनले ख्याति प्राप्त कलाकारहरु महानायक राजेश हमाल, एक्सन नायक बिराज भट्ट, नायिका सौजन्या सुब्बा, सुमिना घिमिरे, आवाजका साथी भनेर चिनिने एकंर दिनेश डिसिलगायतलाई समावेश गर्न भ्याएका थिए । उक्त चलचित्रमा निर्माता सुधनको पनि अभिनय रहेको छ । उनको ‘जयहोस्े’ले सफलता पनि पायो ।
चलचित्र ‘मेण्टल’ सुधनको दोस्रो निर्माण हो । चलचित्रमा निर्मातामा सुधनका साथै बसन्त वर्मा, केयरसिङ भण्डारी र हरी क्षेत्री रहेका छन् भने सरोज पौडेलले निर्देशन गरेका छन् ।
सुधनका अनुसार ‘चलचित्रले जनताको चाहना पुरा नहुनुमा साशकहरु र साशनको विधि प्रमुख कारक विषय उठाउन खोजेको र शिक्षित मानिस वेरोजगारीको चपेटामा परेर मानसिक रुपले बिछिप्त बनेपछि के सम्म गर्न सक्छ भन्ने यथार्थ संघर्षलाई समेटिएको छ ।’
चलचित्र निर्माण पक्ष चलचित्रबाट धेरै आसावादी रहेको निर्माताहरुले बताएका छन् । सुधन भन्छन्, ‘चलचित्र बर्तमान समयको जेनेरेसनले हेर्नै पर्ने खालको बनेको छ । चलचित्रमा कुनै पनि अस्लिलत तथा छाडापन नरहेको र परिवारसँग सँगै बसेर हेर्न मिल्ने खालको रहेको बताए ।’
चलचित्रले पारिवारीक जीवनका भोगाईका साथै पढेलेखेका युवापिढिँहरु रोजगार नपाउँदा तथा आफूले हाँशिल गरेको शिक्षा तेतिकै खोलाको पनि बगेर गएझै खेर जाँदा कति पिडा हुन्छ ? त्यति मात्र होईन यसले सिंगो राज्यलाई कतिसम्म नकारत्मक प्रभाव पर्दछ भन्ने कुरा चित्रण गरिको बताए ।’
‘मेण्टल’मा प्रथम खड्का, पूजा भट्ट, सुरबिर पण्डित, रस्मि भट्ट, निर्माता सुधन धिताल, बसन्त वर्मा, ज्योति रसाईंलीलगायतका कलाकारहरुले अभिनय गरेको छ । चलचित्रमा भोजराज देवकोटाको लेखन, अर्जुन पोखरेल र राजन मगरको संगीत, नायक प्रथम खड्काको नृत्य, शंकर महर्जनको द्वन्द, राजेन्द्र सापकोटाको छायांकन र सुरेन्द्र पण्डेको सम्पादन रहेको छ ।
नायक खड्काको यो चलचित्र डेब्यु चलचित्र हो । खड्का चलचित्रबाट आशाबादी देखिएका छन् । उनले भारतबाट अभिनय पढेर फर्किएलगतै यस चलचित्रमा काम गर्ने अबसर पाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी