पाँचथरमा बर्डफ्लुको संक्रमण फैलन नदिन सतर्कता अपनाइने

पाँचथरमा बर्डफ्लुको संक्रमण फैलन नदिन सतर्कता अपनाइने

  • मङ्लबार, मंसिर ७, २०७३
  • दयाराम दाहाल

  • 7.8K
    SHARES

पाँचथर, मंसिर ७ । पाँचथरमा बर्डफ्लुको संक्रमण फैलन नदिन सतर्कता अपनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरोकारवालाहरुबीच भएको छलफलले सतर्कता अपनाउने निर्णय गरेको हो ।

अब भेटनरिको प्रमाणपत्र विना चल्ला, कुखुरा, अण्डा, दाना लगायत कुखुरामा प्रयोग गरिने सामग्रीहरु आन्तरिक ओसार–पसार गर्न रोक लगाइने भएको छ । जिल्लामा सञ्चालित कुखुरा फार्मको जिल्ला पशु सेवा कार्यालयले नियमित अनुगमन गर्ने, अनुगमनका क्रममा कुखुरा फार्म सम्बन्धित निकायमा दर्ता नभएको भए १५ दिनभित्र दर्ता गर्न लगाउने निर्णय भएको बताइएको छ ।

बर्डफुलु रोग नियन्त्रण सम्बन्धी सूचना स्थानीय एफएमहरुबाट प्रशारण गर्ने, रोगबाट कुखुराको मृत्यु भएमा प्रक्रिया पूरा गरेको खण्डमा मात्रै क्षतिपूर्ति दिने निर्णय समेत बैठकले गरेको छ । दुई वर्षअघि पाँचथरको फाक्तेपमा बर्डफ्लुको संक्रमण फैलिएर ठूलो क्षति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी