चुहावट नियन्त्रण गरि मुलुकभर लोडसेडिङ मुक्त गरिने

चुहावट नियन्त्रण गरि मुलुकभर लोडसेडिङ मुक्त गरिने

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ ,मंसिर ४ । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ मुक्त बनाउनका लागी चुहावट नियन्त्रण प्रमुख चुनौति रहेको बताउनु भयो । प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुहावट नियन्त्रण गरि छिट्टै मुलुकभर लोडसेडिङ मुत्त बनाईने बताउनु भयो ।

चुहावट नियन्त्रण गरि जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउनेबारे अध्ययन भइरहेको उहाले बताउनुभयो । व्यवस्थापनको समस्या रहेको भन्दै त्यसलाई पनि सुधार गर्दै आफू अगाडि बढेको उहाँले उल्लेख गर्नु भयो ।

बिद्युतको उपभोग र वितरणलाई व्यवस्थित गरि त्यसमा आईपर्ने समस्या समाधान र सुधार गर्दै आफू अगाडि बढेको उहाको भनाई छ ।

अधिक माग हुने समयमा उद्योगलाई दुई घन्टा लोडसेडिङ गर्दा आमजनतालाई विद्युत् दिन सकिने अवस्था रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि गृहकार्य थालिएको जानकारी दिनु भयो । फरक प्रसङ्गमा मन्त्री शर्माले संविधान संशोधनका लागि आन्दोलनरत दल र प्रतिपक्षीसँग छलफल भइरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी