अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,३ मंसिर ।

आईओएमको डिन नियुक्ति प्रति असहमती जनाउदै दशौ पटक अनसन बस्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

अनशनको छैठौ दिन आज उहाँको शरीरमा ग्लूकोजको मात्रामा कमी र मुटुको चाल घटबढ हुने समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै आउनु भएका केसीले पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डिनमा केशव प्रसाद सिंह नियुक्त प्रति असहमती जनाउदै अनशन शुरु गर्नुभएको हो । उहाले आईओएमको डिनमा नियुक्त सिंहलाई राजिनामा दिन पनि आग्रह गर्नुभएको छ ।

केसीले वरिष्ठताका आधारमा प्राध्यापक जगदिश प्रसाद अग्रवाललाई आईओएमको डिन नियुक्त गर्नुपर्ने ,चिकित्सा शिक्षा अन्तर्गत एमवीवीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो वर्ष तोकिए बमोजिम लिन विश्वविद्यालयहरुलाई निर्देशन दिनुपर्ने तथा विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्नुभएको छ ।

यसैबीच, केसीको अनसनप्रति ऐक्यबद्धता जनाउदै शिक्षण अस्पताल महाराजगंजमा अध्ययनरत आवाशीय चिकित्सले आगामी आईतबारबाट नियमित कक्षा बहिष्कार गर्ने भएका छन् ।

नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनले बिज्ञप्ती जारी गरी अनसनलाई छिटो भन्दा छिटो निश्कर्षमा पुर्याउन सम्बन्धीत निकायको ध्यानाकर्षणका लागि बिरोधमा उत्रिनु परेको जनाएको छ ।
साथै भोली बिहान साढे १० बजे अस्पताल परिसरबाट प्रधानमन्त्रीको सरकारी निवाससम्म र्यालीको समेत आयोजना गरेको एशोसिएशनका अध्यक्ष लिजन महर्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी