तमोर नदीमा पुल निर्माण कार्य अलपत्र

तमोर नदीमा पुल निर्माण कार्य अलपत्र

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमान्डौ मंसिर ३।
तेह्रथुम र पाँचथरको सीमामा रहेको तमोर नदीको लुमुघाटमा निर्माणाधीन पुल अलपत्र परेको छ । ठेकेदार कम्पनी सम्पर्क्विहीन भएपछि सो तमोर नदीको निर्माणाधीन पुल अलपत्र परेको हो ।

२०६८ सालमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको जिम्मा पाएको स्वच्छन्द निर्माण कम्पनीले दुई वर्षदेखि काम गरेको छैन । जसका कारण निर्माण कार्य शुरु भएको पाँच वर्ष बितिसक्दा पनि पुलको तीनवटा पिल्लर मात्रै ठडिएका छन् ।

करिब १७ करोडको लागतमा पुल निर्माण गर्न लागिएको हो । ठेकेदार कम्पनी लामो समय सम्पर्क्विहीन हुँदा पनि सडक विभागले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

पुल निर्माणले तेह्रथुम र पाँचथर सदरमुकामलाई सीधा सडक सन्जालमा जोड्नेछ । समयमै पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन समस्या भएको स्थानीयले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी