भारतीय नोट सटही सहजीकरणका लागि गठन भएको कार्यदलले आजदेखि काम सुरु गर्ने

भारतीय नोट सटही सहजीकरणका लागि गठन भएको कार्यदलले आजदेखि काम सुरु गर्ने

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ३ मंसिर । 

नेपालमा रहेका पाँच सय र एक हजारका भारतीय नोट सटही प्रक्रिया सहजीकरणका लागि नेपाल राष्ट्र बैंकले गठन गरेको सुझाव कार्यदलको पहिलो बैठक आज बस्दैछ ।

राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित कार्यदलले नेपालमा रहेका पाँच सय र एक हजारका भारतीय नोट सटहीका लागि आवश्यक प्रक्रिया तथा त्यसका सहज उपायका विषयमा सुझाव सहित प्रतिवेदन तयार पार्नेछ ।

आजको बैठकमा सर्तसहित नेपालीसँग भएका प्रतिबन्धित भारतीय रुपैयाँ साट्न दिने तथा नोट सटहीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । राष्ट्रबैंकले २५ हजार भन्दा बढी भारतीय नोट साट्न नपाउने गरी तीन सर्त निर्धारण गर्ने तयारी गरेको छ ।

बैठकमा जाली नोट सटही हुनबाट कसरी रोक्ने तथा खुला सिमानाका कारण भारतबाट थप नोट आउन नदिएर नेपालमा भएका वैधानिक नोट मात्रै साट्ने व्यवस्था कसरी मिलाउने भन्ने जस्ता विषयमा छलफल हुने डिपुटी गभरर्नर शिवकोटीले जानकारी दिनुभयो ।

यसअघि हिजो बसेको व्यवस्थापिका संसद अन्तरगत अर्थसमिति बैठकले सर्वसाधारणसँग भएका हजार र पाँच सय दरका भारु साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी