वीरगन्ज पथलैया सडक खण्ड ६ लेनको बन्ने

वीरगन्ज पथलैया सडक खण्ड ६ लेनको बन्ने

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौ ३० कार्तिक ।
सडक विभाग, व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत वीरगन्ज पथलैया सडक खण्डलाई ६ लेनको बनाउने काम सुरु भएको छ ।

५ अर्ब ६५ करोडको लागतमा पथलैयादेखि वीरगन्जसम्म २७ किलोमिटरको ब्यापारिक मार्ग सडक निर्माण गर्ने लक्ष्य छ । सडक आसपासको २५ मिटरभित्र पर्ने संरचना समेत हटाउन थालेसँगै सडक निर्माणले गति लिन थालेको हो ।

सडकलाई ६ लेनको बनाउन स्थानीयलेसमेत सहयोग गरेपछि निर्माण कार्यले गति लिन थालेको सडक योजना प्रमुख रवीन्द्रलाल दासले बताउनु भयो ।

६ लेनको मार्ग विस्तार कार्य योजनाअनुसार वीरगन्ज सुक्खा बन्दरगाह परवानीपुर–११ किमी दूरीको लागि तीन प्याकेजमा २ अर्ब ३८ करोड र परवानीपुर पथलैया करिब १६ किमी दूरीका लागि तीन प्याकेजमा ३ अर्ब २७ करोडको लागत स्टिमेटमा टेन्डर भएको थियो ।

सडक निर्माणका लागि नेपाल, भारत र चीनका ४४ वटा निर्माण कम्पनीले टेन्डर दर्ता गरे पनि नेपालकै चार वटा कम्पनीको स्वीकृत भएको थियो । यो सडकखण्ड पाँच वर्ष्भित्र पूरा गर्ने लक्ष्य छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी