काठमाडौंदेखि पोखरासम्म लायन्स मोटर र्याली हुने

काठमाडौंदेखि पोखरासम्म लायन्स मोटर र्याली हुने

  • सोमवार, कार्तिक २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं – आगामी नोभेम्बर १७ अर्थात मंसिर २ गते काठमाडौंदेखि पोखरासम्म लायन्स मोटर काठमाडौंदेखि पोखरासम्म लायन्स मोटर र्याली हुने हुने भएको छ । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए१ ले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को प्राविधिक सहयोगमा उक्त र्याली गर्ने भएको हो ।
लैनचौर ब्यांक्वेटबाट विहान ११ बजे प्रारम्भ हुने उक्त ¥याली विभिन्न स्थान हुँदै पोखरा पुग्ने छ । सोही समयमा पोखरामा लायन्स मल्टिपल फेस्टिभल २०१६ समेत आयोजना हुँदैछ । त्यसैले पनि यस पटकको ¥याली विशेष महत्वको हुनेछ ।
¥यालीको सम्पूर्ण व्यवस्थापन लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए१ मा आवद्ध लायन्स क्लब अफ काठमाडौं राइजिङ सनले गर्दैछ । मोटर ¥यालीबाट लायन्स सदस्यहरु पनि रोड सेफ्टी र ड्राइभ टुरिजम्को क्षेत्रमा सहभागी हुने र आगामी दिनमा यो क्षेत्रमा थप कार्य गर्न सकिने लायन्स क्लब अफ काठमाडौं राइजिङ सनका अध्यक्ष तथा र्याली संयोजक मधुसूदन सिग्देलले बताएका छन् । उक्त ¥यालीलाई गल्फ लुब्रिकेन्ट्सले मूख्य रुपमा प्रायोजन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी