आइओएमको डिनमा प्रा. डा. केशवप्रसाद सिंह नियुक्त

आइओएमको डिनमा प्रा. डा. केशवप्रसाद सिंह नियुक्त

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ ,कार्तिक २८ ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डिनमा प्रा. डा. केशवप्रसाद सिंह नियुक्त हुनुभएको छ ।

त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि उहाँलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा. डा. जगदीशप्रसाद अग्रवाल, प्रा. डा. केपी सिंह र प्रा. डा. ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो ।

त्रिविका उपकुलपति डा. तीर्थ खनियाँले डा. सिंहलाई आज नै पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिनुभयो । २०४५ साल मंसिर ८ गते आइओएममा नियुक्त हुनुभएका उहाँले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी