पुन अनसन बस्ने डा गोबिन्द केसीको घोषणा

पुन अनसन बस्ने डा गोबिन्द केसीको घोषणा

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं ,२८ कात्तिक ।

बरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा बरिष्ठताका आधारमा डीन नियुक्त नभए पुन अनसन बस्ने तयारी गर्नु भएको छ ।

डा केसीले हिजो आइओएममा बरिष्ठताका आधारमा डीन नियुक्त र मेडिकल शिक्षण शुल्क कार्यान्वयन गर्न सरकारलाई २४ घण्टाको अल्टिमेटम दिनु भएको थियो ।

उहाँले आज २ बजे सम्म पनि मागको सुनुवाई नभए सत्याग्रहमा जाने र आज अपरान्ह नै पत्रकार सम्मेलन गरी पुन अनसन सुरु गर्ने तयारी गर्नु भएको हो ।

आइएओममा ९ महिना देखि डीन पद रिक्त रहेको छ । डिन नियुक्त र एमविविएस शिक्षण शुल्क कर्याान्वयनमा शिक्षा मन्त्री सहित त्रिवि उपकुलपति नै बाधक बनेको आरोप लगाउदै उहाँले २४ घण्टा भित्र आफ्ना माग पुरा नभए अनसन थाल्ने चेतावनी दिनु भएको हो ।

डा केसीले बरिष्ठताका आधारमा डीन नियुक्ति नगर्ने चलखेलमा त्रिवि उपकुलपति तिर्थ खनिया लागेकाले खनियालाई शैक्षिक अपराध गरेको आरोपमा पदबाट बर्खास्त गर्न समेत माग गर्नु भएको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै नवौं पटकसम्म अनसन बसेपनि सुनुवाई नभएपछि दशौंपटकको अनसन बस्ने तयारी गरेको उहाँले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी