नक्कली एटिएमले पैसा झिक्दै गरेका २ टर्किस पक्राउ

नक्कली एटिएमले पैसा झिक्दै गरेका २ टर्किस पक्राउ

  • बिहिबार, कार्तिक २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं,कार्तिक २५ ।
पीन र पासवर्ड चोरेर नबिल बैंको कान्तिपथस्थित एटीएमबाट पैसा झिक्ने दुई जना टर्किस नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय यूरो, १६६० अमेरिकी डलर सहित मुहरम अजन र सल्लहटिन यवर नाम गरेका दुई ब्यात्तिलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट विभिन्न बैंकको १ सय १३ वटा एटीएम पनि बरामद गरिएको व्यूरोका प्रबक्ता एसपी दिवस लोहनीले बताउनु भयो ।

सन् २०१६ को मे २६ देखि नोभेम्वर ७ सम्ममा तीन पटक नेपालको भ्रमण गरेको उनीहरु कान्तिपथस्थित एलो पकोडा होटलमा बस्दै आएको अनुसन्धानबाट खुलेको उहाले बताउनु भयो ।

उनीहरु यही नोभेम्वर १२ मा टर्कि फर्कने तयारी रहेको पनि खुलेको छ ।

उनीहरुले आफ्नै देशबाट नेपाली तीन सय जना ग्राहकको एटीएमको पीन नम्बर र पासवर्ड लिएर आएकोले यसअघि पक्राउ परेकाहरुकै सहयोगी हुन सक्ने प्रहरीको आशंका छ ।
यसअघि काठमाडौंमै एटीएमको पीन र पासवर्ड चोरी गरेर रकम झिकेको पाइएपछि दुई जना टर्किस, कतिक १९ गते रोमानियन, ११ गते एक जना बुल्गेरियन र साउन १७ गते एक रोमानियन पक्राउ परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी