भारतीय पक्षले पानी बन्द गरेपछि गण्डक जलविद्युत् केन्द्रको उत्पादन बन्द

भारतीय पक्षले पानी बन्द गरेपछि गण्डक जलविद्युत् केन्द्रको उत्पादन बन्द

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौ २४ कार्तिक ।

नवलपरासीस्थित गण्डक नहरमा भारतले पानी बन्द गरेपछि गण्डक जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको छ ।

मर्मत सम्भार गर्न भन्दै भारतीय पक्षले नहरमा पानी बन्द गरेपछि गुठी सूर्यपुरास्थित विद्युत् उत्पादन केन्द्रको उत्पादन बन्द भएको हो ।

आगामी मंसिर १० गतेसम्म नहर बन्द रहने भारतीय पक्षले जानकारी दिएको छ ।

उत्पादन बन्द भएपछि अहिले भारतबाट १ सय ३२ किलो भोल्ट बिजुली आपुर्ति गरिएको केन्द्रका प्रमुख सुरेश राउतले जानकारी दिनुभयो ।

नहर मर्मतका लागि भन्दै भारतीय पक्षले हरेक वर्षको कात्तिकदेखि मंसिरसम्मको एक महिना पानी बन्द गरिदिने गरेको छ ।

जसका कारण हरेक वर्ष स्थानीयले विद्युत्को समस्या झेल्दै आएका छन् । भारतको सहयोगमा सन् १९७९ देखि उक्त केन्द्र सञ्चालनमा आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी