भारतीय ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लागेपछि नेपालमा खैलाबैला ,राष्ट्र बैंकको अकास्मिक बैठक बस्दै

भारतीय ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लागेपछि नेपालमा खैलाबैला ,राष्ट्र बैंकको अकास्मिक बैठक बस्दै

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २४ कार्तिक ।
भारत सरकारले पाँच सय र एक हजार नोटको करोबारमा प्रतिबन्ध लगाएपछि नेपालमा पार्ने प्रभावका सम्बन्धमा छलफल गर्न नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिको अकास्मिक बैठक आज बस्दैछ ।

केहीबेरपछि बालुवाटरस्थित राष्ट्र बैंकको केन्द्रिय कार्यलयमा बस्ने बैठकमा जाली नोटको कारोबार व्यवस्थापनका लागि भारत सरकारले चालेको उक्त कदमले नेपालमा नेपालमा पार्ने प्रभाव र थप रणनितिका विषयमा छलफल हुने जनाएको छ ।

जाली नोटको कारोबार व्यवस्थापनका लागि भारत सरकारले गएराति देखि नै लागु हुने गरी एक हजार र पाँच सयको नोटमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । भारत सरकारको उक्त निर्णय अप्रात्यसिक रुपमा आएकाले नेपालले के गर्ने भन्ने सम्बन्धमा अन्योल देखिएको छ ।

नेपालको प्रत्यक्ष व्यापारिक सम्बन्ध भएको भारतको सो निर्णयले नेपालमा पार्ने प्रभाव र नोट सटाही गर्ने या नगर्ने भन्ने बारे निर्णय गर्न राष्ट्र बैकको आपतकालिन बैठक बस्न लागेको बैंकका सहप्रवक्त राजेन्द्र पण्डितले जानकारी दिनुभयो ।

नेपालमा पनि अर्बौ भारतीय नोट अवैध रुपमा रहेको हुनसक्ने केन्द्रिय बैंकको अनुमान छ । भ्रमण उदेश्यका लागि २५ हजार भारतीय रुपैंयाँसम्म सटही गर्न सक्ने राष्ट्र बैंकको पुरानो नियम भने केही दिन कायम रहन सक्ने सहप्रवक्त पण्डितले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी