भारतले भन्यो ,पेट्रोलियम पाइपलाइनको आकार बढाउन दिदैनौ

भारतले भन्यो ,पेट्रोलियम पाइपलाइनको आकार बढाउन दिदैनौ

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ, २३ कार्तिक ।
रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आकार तथा क्षमता बढाउन नेपाल सरकारले राखेको प्रस्ताव भारतले अस्वीकार गरेको छ ।

भारत सरकारको लागानीमा निर्माण प्रक्रियामा रहेको उक्त पाइपलाइनको आकार बढाउन भारतीय पेट्रोलियम अधिकारीले असहमति जनाएपछि पुरानै योजनाअनुसार पाइपलाइन बन्ने भएको हो ।

भारत भम्रणको एजेण्डाबारे परराष्ट्र मन्त्रालयमा भएको सचिव स्तरीय छलफलमा पेट्रोलियम पाइपलाइन बनाउँदा पहिलोसको सम्झौतामा केही हेरफेर गर्नुपर्ने विषय उठेको थियो ।

त्यसैअनुसार नेपालले पाइपलाइन विस्तारमा १० इन्चको पाइप ‘बायोमिट’ को सट्टा १२ इन्च बनाउन भारतलाई प्रस्ताव राखेको थियो ।

तर, उक्त प्रस्तावमा भारत असहमत भएकाले पाइपलाइनको निर्माणलाई पुरानै सम्झौता अनुसार अघि बढाउन तयारी गरिएको एक पेट्रोलियम अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी