ईमेज लोक रियालिटि शो पुर्वाञ्चल अडिसन शनिबार धरानमा हुने

ईमेज लोक रियालिटि शो पुर्वाञ्चल अडिसन शनिबार धरानमा हुने

  • मङ्लबार, कार्तिक २३, २०७३
  • भरतराज शर्मा ,गोपाल

  • 8.3K
    SHARES

मौलिक नेपाली लोक गित संगितको संरक्षण र प्रवद्र्धनको अभियान स्वरुप नेपालमै पहिलो पटक ईमेज च्यानलले आयोजना गरेको ईमेल लोक कलाकार नामक रियालिटि शोको दोस्रो अडिसन धरानमा कार्तिक २७ गते शनिबार हुने भएको छ ।

ईमेज च्यानलको आयोजनामा हुन लागिरहेको कोलगेट ईमेज लोक कलाकार रियालिटि शोका लागि पुर्वाञ्चलको अडिसन धरानमा हुन लागिरहेको धरानमा सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

आयोजकका अनुसार पुर्वाञ्चलका विशुद्ध लोक गितका कलाकारहरुले अडिसनमा सहभागि हुने छन् । पहिलो चरणको अडिसनमा राष्ट्रिय लोक गायकहरु तुलसी पराजुली, गणेश न्यौपाने र मनु नेम्बाङले छनौट गर्नेछन् । पहिलो अडिसन पोखरामा सकेर दोस्रो अडिसनका लागि धरान आईपुग्नु भएका टोलीमा कार्यक्रमका निर्माता तथा प्रस्तोता विकाश श्रेष्ठ ‘मिलन’ ले हराउँदै गएको लोक गितहरुलाई संरक्षण गर्ने मुख्य उद्देश्य अनुसार कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

पोखरा, धरान र काठमाण्डौंमा पहिलो चरणको अडिसन सम्पन्न भए पछि सहभागिहरुलाई दोस्रो चरणको छनौट काठमाण्डौंमा हुनेछ ।

श्रेष्ठका अनुसार दोस्रो चरणबाट छनौट भएकाहरुलाई विभिन्न २६ चरणको प्रतिष्पर्धा पछि फाईनलमा प्रवेश गराईनेछ ।
माघको पहिलो हप्ता फाईनल हुने जनाएको छ । दोस्रो चरणबाट छनौट भएकाहरुलाई फाइनल अवधि सम्म काठमाण्डौंमा बस्ने, खाने र उनीहरुलाई म्युजिक सिकाउने लगायतका सम्पुर्ण खर्च आयोजकले व्यहोर्ने जनाएको छ । कार्यक्रमको विजेतालाई इमेज च्यानलको तर्फबाट १ लाख रुपैया पुरस्कार सहित एउटा गितको अडियो र भिडियो समेत निर्माण गरिदिने श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी