फुर्वा शेर्पा , टोक्यो । विश्वको ब्यस्त अनि महँगो शहर भनेर चिनिने जापानको टोक्योमा नेपली म्युजिक भिडियो निर्माण कार्यमा बृद्धि भएको छ ।
यसै क्रममा नबोदित युवा गायक टासी लामा पनि अहिले आफ्नो एल्बम कोशिसको “माया बस्यो भट्टीको साहुनीमा “बोलको म्युजिक भिडियो सुटिङमा ब्यस्त रहेका छन ।
जापानको योकोहामा र चुरुमी शहरमा सुटिङ गरिएको सो म्युजिक भिडियो चाढै नै राजधानी टोकियोमा सार्वजानिक गरिने तयारी गरिरहेको गायक लामाले बताउनु भएको छ ।
गायक लामा स्वयंकैनिर्देशन र स्वर रहेको कोशिस एल्वममा समावेश गरिएको सो गीतको क्यामारामा प्रवीन हिराचन ,सुसन लामाको संगीत र लय रहेको छ । सो गीतमा निकेश श्रेष्ठ ,जापानी नागरिक हारुका ताकेउजी , माको याङ्जी शेर्पा ,सोम लामा ,तुफान बस्नेत लगायतको अभिनय रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
