चालु आर्थिक वर्षको तीन महिनामा पोखरामा साढे एक अर्ब राजस्व सङ्कलन

चालु आर्थिक वर्षको तीन महिनामा पोखरामा साढे एक अर्ब राजस्व सङ्कलन

  • शनिबार, कार्तिक २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २० कार्तिक ।
आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको तीन महिनाको अवाधिमा एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले साउन, भदौ र असोज महिनामा एक अर्ब सात करोड ४९ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । राजस्व सङ्कलन १ सय ४३ प्रतिशतसम्म भएको छ ।

जस अन्तर्गत आयकरमा ३६ करोड २५ लाख ८२ हजार, मूल्य अभिवृद्धि करमा  २८ करोड ८२ लाख ७४ हजार तथा अन्त शुल्कमा ७९ करोड ८४ लाख ६५ हजार संकलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिनुभयो ।

यस्तै घर भाडामा तीन करोड १५ लाख २७ हजार,  स्वास्थ्यमा एक करोड ९६ लाख ९२ हजार रुपैयाँ र बाँकी अन्य शीर्षकमा राजस्व सङ्कलन गरेको जनाएको छ ।

कार्यालयले आयकरमा १ सय ५३, घर भाडामा १ सय २८, मूल्य अभिवृद्धिकरमा १ सय १९, अन्तशुल्कमा १ सय ६४ र स्वास्थ्य सेवामा १ सय ६४ प्रतिशत कर सङ्कलन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी